रिसिङ

सव डिभिजन वन कार्यालय ऋषिङ्गको संक्षिप्त परिचय
गण्डकी प्रदेश अन्तरगत पर्ने डिभिजन वन कार्यालय तनहँुको ८ गोटा सव डिभिजन वन कार्यालयहरु मध्ये सव डिभिजन वन कार्यालय, ऋषिङ्ग एक हो । मुलुकमा संघियता लागु भए पछि तत्कालिन वन तथा भु संरक्षण मन्त्रालय अन्तरगतका निकायहरुको पुर्नसंरचना गर्ने क्रममा साविक जिल्ला वन कार्यालय तनहँु विघटन गरी सोही स्थानमा डिभिजन वन कार्यालय तनहँु स्थापना भएको थियो । त्यसरी नै विघटित जिल्ला वन कार्यालय अन्तरगत रहेका इलाका वन कार्यालयहरु विघटन भै तनहँु जिल्लाका १० गोटा स्थानीय तहहरुलाई समेटिने गरी डिभिजन वन कार्यालय तनहँु अन्तरगत ८ गोटा सव डिभिजन वन कार्यालयहरुको पुर्नसंरचना गरियो । आ.व.२०७४÷०७५ देखि यो सव डिभिजन कार्यालयको स्थापना भएता पनि २०७५ साल मंसिर ४ गते विधिवत् रुपमा गण्डकी प्रदेश वन निर्देशनालयका निर्देशक प्रकाश लम्साल र ऋषिङ्ग गा.पा.का अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी ऋषिङ्ग गा.पा.वार्ड नं. ६ ढुङ्गागाडे स्थित सामुदायिक भवनमा कार्यालय स्थापना गरिएको थियो । यो सव डिभिजन वन कार्यालय सदरमुकाम दमौली देखि दक्षिण ऋषिङ्ग गाँउपालिकाको वार्ड नं. ६, चालिसेमा हाल निर्माण भै रहेको छ । यहाँ दमौलीबाट खैरेनीटार, भिमाद हँुदै भिमादसम्म पक्की सडक लगभग २८ कि.मी.र भिमाददेखि चालिसे २७ कि.मी.कच्ची ग्रावेल सडक (कतै कतै फाटफुट पिच बाटो) गरी झण्डै ५५ कि.मीं बाटो यात्रा गरी पुग्न सकिन्छ भने अर्को तर्फ दमौलीबाट काँहु हँुदै लगभग २१–२२ कि.मी.कच्ची सडक पार गरेर पनि पुग्न सकिन्छ । प्रचलित किंवदन्ती अनुसार परापूर्व कालमा श्रृङ्ग नामको ऋषिले यहाँको साबिकको ऋषिङ्ग रानीपोखरी गा.वि.स.र हाल दोस्ती तथा अजम्वरी सामुदायिक वन ऋषिङ्ग–८ को अजम्वरी भन्ने स्थानमा तपस्या गरेको हुनाले यस क्षेत्रको नाम नै ऋषिङ्ग रहन गएको हो । यस अगाडि गा.वि.स.को नाम ऋषिङ्ग रानीपोखरी राखिएकोमा हाल गाँउपालिकाको नाम नै ऋषिङ्ग राखिएको छ ।
२) सव डिभिजन वन कार्यालयको उदेश्यः
२.१) सामुदायिक वन उपभोक्ता समूह, कवुलियती वन समूह, अन्य वन समूह तथा सरोकारवाला निकायहरुलाई वन संरक्षण तथा वन ब्यवस्थापन गर्न आवश्यक प्राविधिक सहयोग तथा कानुनी सर सल्लाह उपलब्ध गराउने ।
२.२) सव डिभिजन वन कार्यालय अन्तरगत रहेका वनको दिगो ब्यवस्थापन गर्ने विषयमा प्राप्त विभागीय निती निर्देशन तथा परिपत्रहरुको पालना गर्ने गराउने ।
२.३) वन उपभोक्ताहरुलाई काठ दाउरा तथा अन्य वन पैदावर सदुपयोग गर्न आवश्यक प्राविधिक सहयोग तथा परामर्श उपलब्ध गराउने ।
२.४) कार्य क्षेत्र भित्रको जैविक विविधता, सिमसार क्षेत्र तथा वन्य जन्तु संरक्षण कार्यमा सा.व.उ.स. तथा अन्य सरोकारवाला निकायहरु संग समन्वय गरी कार्य गर्ने ।
२.५) सामुदायिक वन उपभोक्ता समूहहरुलाई प्राविधिक तथा साङ्गठनिक हिसावले दक्ष तथा सक्षम वनाउन समयानुकूल तालिम तथा प्रशिक्षण उपलब्ध गराउने ।
२.६) वन ऐन तथा वन नियमावली विपरीत कार्य गर्ने सम्वन्धी मुद्दाहरुको अनुुुसन्धान गरी अभियोग पत्र दायर गर्ने ।
२.७) सरोकारवाला निकायहरु संग समन्वय गरी कार्य गर्ने ।

३) सव डिभजन वन कार्यालयबाट उपलब्ध हुने सेवा–सुविधाहरुः
१) सामुदायिक वन संरक्षण तथा ब्यवस्थापन गर्न सामुदायिक वन उपभेक्ता समूहलार्ई प्राविधिक सहयोग उपलब्ध गराउने तथा समूहलाई आवश्यक पर्ने नितीगत राय, सल्लाह, सुझावहरु समूहको निकटमा सरल र छिटो प्रदान गर्ने ।
२) समूहको विधान तथा वन कार्ययोजना निर्माण तथा नविकरण गर्न प्राविधिक सहयोग गर्ने ।
३) कार्ययोजना बमोजिम वन पैदावर संकलन तथा विक्री वितरण गर्न सा.व.उ.स.लाई सहयोग गर्ने ।
४) नर्सरीमा विरुवा उत्पादन गरी वितरण गर्ने ।
५) बृक्षारोपण कार्यमा प्राविधिक सहयोग गर्ने ।
६) सामुदायिक वनमा वन विकासका कार्यहरु सञ्चालन गर्न समूह तथा सरोकारवाला निकायहरुलाई सहयोग गर्ने तथा समन्वय गरी कार्य गर्ने ।
७) निजी वनको विकास गर्न सहयोग गर्ने ।
८) वन अपराधमा संलग्न हुनेहरुलाई वन ऐन तथा वन नियमावली बमोजिम कार्यवाहीको लागि पेश गर्ने ।

४) सिमाना ः पूर्व ःलिमा खोला, ढाक्रे खोला, थप्रेक भञ्ज्याङ्ग हँुदै पहल खोला, देउली खोला, सेती नदी । पश्चिम ः घिरिङ्ग गाँउ पालिका सिमाना र भिमाद नगर पालिका
उत्तर ः सेती नदी
दक्षिण ः काली नदी (नवलपरासी )

५) समावेश गरिएको क्षेत्रः
यस सव डिभिजन वन कार्यालय अन्तरगत ऋषिङ्ग गा.पा.को ८ गोटा वार्ड मध्ये वार्ड नं. ३ देखि ८ सम्म समावेश गरिएको छ । सोही अनुसार यस सव डिभिजन वन कार्यालयको कार्य क्षेत्रमा साविकको भिरकोट गा.वि.स., त्यसरी नै वैदीको वार्ड नं. १ देखि ३, कोटदरवारको ५ र ६ वाहेक सवै, ऋषिङ्ग रानीपोखरीको १–८ र राम्जाकोटको १–८ वार्ड अन्तरगतका वनहरु पर्दछन् ।
६) क्षेत्रफलः तनहँुको जिल्लाको कूल क्षेत्रफल १,५६,९०२ हे. मध्ये लगभग १५,५०० हे यस सव डिभिजन वन कार्यालयको कार्य क्षेत्र भित्र पर्दछ (ऋषिङ्ग गा.पा.को क्षेत्रफल २१५ वर्ग कि.मी) । जसमा वन क्षेत्र अनुमानित १०,२९२ हेक्टर (६६.४०%) रहेको छ ।
७) साामाजिक तथा साँस्कृतिक अवस्थाः
यस क्षेत्रमा परापूर्व कालदेखि विभिन्न जात जातिका भाषा धर्म र संस्कृति भएका मानिसहरुले वसोवास गर्दै आएका छन् । जात जाति, भाषा धर्म र संस्कृति फरक भएता पनि सामाजिक हिसावले आपसमा मिलेर वसेको पाइन्छ । यहाँ खास गरी मगर, नेवार, क्षेत्री (रानाभाट बढी), वाहुन, गुरुङ्ग, दलित, दरै, माझी, गिरी जातीका मानिसहरुको वसोवास रहेको छ । यहाँ वोलिने प्रमुख भाषा नेपाली भएता पनि मगर भाषा, नेवारी भाषा, गुरुङ्ग भाषा, दरै भाषा अन्य प्रचलित मुख्य भाषाहरु हुन् ।
७.१) घर धुरी तथा जनसंख्याः
यस क्षेत्रमा जम्मा ३८७२ घरधुरी रहेका छन् । जनसंख्याः महिला–१०७११ जना, पुरुष–८०६१ जना गरी
जम्माः १८,७७२ जना ।
साक्षरताः महिलाः ६१.५३ प्रतिशत । पुरुषः ७७.६५ प्रतिशत । औषतः ६८.४० प्रतिशत ।
( ऋषिङ्ग गा.पा.को प्रोफाईल, जनगणना–२०६८ अनुसार)

७.२) शैक्षिक संस्थाः
क) मा.वि.संख्याः ६ गोटा ख) आधारभूत विद्यालय संख्याः २९ गोटा । ग) निजी विद्यालय संख्याः १ गोटा (आधारभूत स्तर)

७.३) स्वास्च्य सेवा प्रदायक संस्थाः
क) स्वास्थ्य चौकी ३
ख) उपस्वास्च्य चौकी ३

८) भौगोलिक अवस्थाः
काली नदी र सेती नदीको विचमा रहेको यस भू भागको नदी किनाराको केही भागहरु सम्म टारको रुपमा रहेका छन् । रुपटार, सन्यासटार, पिपलटार, मधुवनटार यसका उदाहरण हुन् । दुवै नदीहरुमा मिसिन पुग्ने देउली खोला, ढाक्रे खोला, लिमा खोला तथा अन्य कैयौं खोलाहरुको दायाँ बायाँ खेती योग्य फाँट तथा खेतहरु रहेका छन् । यो क्षेत्रको अधिकाँश जमिन दक्षिण पश्चििम मोहोडाको रहेको छ । यो क्षेत्र उत्तरी अक्षाँस २७ु३६ू देखि २८ु५ू र पूर्वी देशान्तर ८३ु५७ू देखि ८४ु३४ूसम्म फैलिएको छ । यो स्थान समुन्द्र सतहबाट काली नदीको किनार २७० मिटर देखि १२५८ मी. (गढी कोट) सम्मको उचाईमा रहेको छ । यस कारणले यहाँ उपोष्ण देखि समशितोष्ण सम्मको हावापानी पाइन्छ । वार्षिक औशत वर्षा १७६१ मि.मी. रहेको छ भने तथा तापक्रम ३ डिग्री देखि ४१ डिग्री सम्म पुग्दछ । (तथ्याङ्कहरु ऋषिङ्ग गा.पा.को प्रोफाइलमा आधारित)

९) प्राकृतिक सम्पदाः
९.१) वन सम्पदाः
यस क्षेत्रको प्राकृतिक सम्पदा मध्ये वन प्रमुख प्राकृतिक सम्पदा हो । यस क्षेत्रमा निम्न किसिमको वनहरु पाइएको छ ।
१ उष्ण प्रदेशीय साल वन ‍ समुद्र सतहबाट जिल्लाको १,००० मि. सम्मका खासगरी दक्षिणी भेगका तल्ला भागहरु र अन्य क्षेत्रहरुका खोंच, बेंसी तथा टारहरुमा यस प्रकारको वन पाईन्छ । यस क्सििमको वनमा लगभग ७५ प्रतिशत साल पाइएको छ भने अन्य प्रजातीहरुमा खयर, साज, करम, चिलाउने कटुस, बोटधयाँरो, जस्ता काष्ठ प्रजातीहरु तथा राजवृक्ष, हर्रो, वर्रो, अमला, गुर्जो, वेल, कुरिलो जस्ता गैरकाष्ठ वन प्रजातीहरु मिसिएको पाइएको छ । साथै नदी तटीय क्षेत्रहरुमा खयर, सिसौ, भेलर, सिमल जस्ता प्रजातिका वनहरु पाईन्छ । सव डिभिजन वन क्षेत्रको वार्ड नं.३,४,५, र ६ को अधिकाँश भाग दक्षिण पश्चिम मोहोडाको भएको हुनाले यहा साल बाहुल्य रहेको मिश्रित वन प्रशस्त मात्रामा रहेको छ ।
२ उपोष्ण प्रदेशीय वन  समुद्र सतहबाट १,००० – १,७०० मिटर उचाई सम्मका क्षेत्रहरुमा यस्तो वन पाईन्छ । यहां चिलाउने कटुस, प्रजातिको बाहुल्यता रहेको र अन्य प्रजातीहरुमा मल्लातो, टुनी, सिरिष, काउलो, मौवा, गोगन प्रजातिका रुखहरु समेत पाईन्छ । यस क्षेत्रको अजम्वरी डाँडा तथा आसपासको वनमा लालीगुराँस तथा टिमुर समेत पाइन्छ । साथै दोस्ती तथा अजम्वरी सा.व.मा खोटेसल्ला वृक्षारोपण पनि स्थापित भइसकेका छन् । सव डिभिजन वन क्षेत्रको वार्ड नं.७ र ८ मा यस किसिमको वन पाइएको छ ।थप जानकारी

रिसिङ सव  डिभिजन क्षेत्रकाे ल्यान्ड कभर म्याप डाउनलाेड गर्नुहाेस………..