भिमाद

सव डिभिजन वन कार्यालय, भिमाद अन्र्तगत क्षेत्रको संक्षिप्त परिचय
भिमाद नगरपालिका
भिमाद नगरपालिका गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा अवस्थित पहाडी विशेषता बोकेको नगरपालिका हो । साविक भिमाद, भानुमति, अरुणोदय, किहूँ, माझकोट गाविस (१–५, ७,८,९) र रानीपोखरी गा. वि. स. को वडा नं. ९, गजरकोट गाविस को वडा नं. १ र साभुङ्ग भगवतीपुर गाविसको वडा नं. २ मिलेर बनेको बनेको यो नगरपालिका २१९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको सिमानामा पूर्वमा म्याग्दे गाउँपालिका, पश्चिममा स्याङजाको हरिनास गाउँपालिका,उत्तरमा शुक्लागण्डकी नगरपालिका, दक्षिणमा घिरीङ्ग गाउँपालिका रहेका छन् । यस सव डिभिजन कार्यालय अन्र्तगत भिमाद नगरपालिका, घिरीङ्ग गाउँपालिका पर्दछ ।
घिरीङ्ग गाउँपालिका
घिरीङ्ग गाउँपालिका गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा अवस्थित पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक घिरीङ्ग गा.वि.स. गाविस पुरै साभुङ्ग भगवतीपुर गाविसको वडा नं. १–८, राम्जाकोट गा. वि. स. वडा नं. ९, माझकोट गा.वि.स.को वडा नं. ६ र गजरकोट गा. वि. स. वडा नं. १–८, मिलेर बनेको बनेको यो गाउँपालिका १२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको सिमानामा पूर्वमा ऋषिङ्ग गाउँपालिका, पश्चिममा पाल्पा, स्याङजा जिल्ला, उत्तरमा भिमाद नगरपालिका, दक्षिणमा नवलपरासी र पाल्पा जिल्ला रहेका छन् । थप जानकारी काे लागि यहाँ  िक्लक गर्नुहाेस……