भानु

सव डिभिजन वन कार्यलय,भानुकाे प्राेफाइल

भानु न.पा.गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा अवस्थित पहाडी विशेषता बोकेको नगर पालिका हो । साविक भानु,पुर्कोट, चोकचिसापानी,रुपाकोट,मिर्लुङ्ग,सतिस्वाँरा,तनहुसुरका केही वडा,बरभञ्जाङ्गका केही वडा ,बसन्तपुर गा.वि.स.समेत मिलेर बनेको यो नगर पालिका १८४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको सिमानामा पूर्वमा गोरखा र लम्जुङ्ग जिल्ला,पश्चिममा व्यास नगरपालिका, उत्तरमा लम्जुङ्ग जिल्ला,दक्षिणमा बन्दीपुर गाऊँ पालिका रहेका छन् । यस सव डिभिजन वन कार्यालय अन्र्तगत भानु नगरपालिकाको १ देखि १३ वडासम्म पर्दछ। यसको कुल क्षेत्रफल १८३.९२ वर्ग किलोमिटरमा फैलिएको छ।
२.१ ऐतिहासिक चिनारी तथा नामाकरण
तनहुँ जिल्लाको साविकका भानु,पुर्कोट, चोकचिसापानी,रुपाकोट,मिर्लुङ्ग,सतिस्वाँरा,तनहुसुरका केही वडा,बरभञ्जाङ्गका केही वडा ,बसन्तपुर गा.वि.स.समेत समायोजन गरी भानु न.पा.गठन गरिएको हो । यस नगर पालिकाको नाम आदि कवि भानुभक्तको जन्मभूमि यसै अन्तर्गत पर्ने हुँदा उहाँकै सम्झना स्वरुप भानु नगर पालिका राखिएको हो ।
२.३ धरातलीय अवस्था
पहाडी जिल्ला अन्तरगत रहेको यस क्षेत्रमा धरातलीय स्वरुपका हिसाबले भीर, पाखा तथा समथर जमिन गरी विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ । यस क्षेत्रमा विभिन्न स्थानमा गरी करिब करिब ३२ प्रतिशत समथर भुभाग रहेको छ । जसमध्ये खेती भूमी ५९ प्रतिशत छ ।
२.४ प्राकृतिक सम्पदा
नगर पालिकामा प्रमुख नदीमा यसको पूर्वी सीमाना भएर बग्ने मस्याङ्गदी नदी रहेको छ । उत्तरी सीमानामा नाउदी खोला तथा पाउदीखोला र बीच भाग भएर बग्ने चुदी खोला, चिती खोला,अँधेरी खोला,धारापानी खोला,कापे खोला लगाएत विभिन्न साना खोला तथा निर्मित कूलोहरु सिंचाइको श्रोतको रुपमा रहेका छन् । जैविक विविधताका हिसावले अर्धोष्ण, समसितोष्ण, हावापानीमा पाइने जीव तथा वनस्पतिहरुमा चितुवा , भालु, वादर, ढेडु, स्याँल, लोखर्के, सर्प, दुम्सी, कालिज आदिमुख्य रुपमा रहेका छन् ।
२.५ साँस्कृतिक उत्कृष्टता
क्षेत्री, ब्राम्हण, ठकुरी, मगर दलित जातीको मिश्रित बसोवास रहेको यस नगर पालिकामा मुख्य कामकाजी भाषाका साथै बोलीचालीको भाषा पनि नेपाली नै रहेको छ । धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइले चाडपर्वहरुमा दशै, तिहार, माघे सक्रान्ती, महाशिवरात्री, फागु पूर्णिमाआदि रहेका छन् । धार्मिक तथा भाषिक रुपमा करिव एकरुपता रहेको यो क्षेत्रमा चाडपर्वका समयमा गरिने बिभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । भेषभुषाका रुपमा पुरुषहरुले मुख्य रुपमा दौरा, सुरवाल, टोपी तथा कोट र महिलाले गुन्यु चोली र पटुकी लगाउने गर्दछन् । यस नगर पालिकामा रहेका ठुलो मिर्लुङ्गकोट,थानीमाई,तनहँसुर दरबार,भानु जन्मस्थल चुँदी रम्घा,नाबरुङ्गकोट अनेकौ देवी देवताका मन्दिर जस्ता महत्वपूर्ण धार्मिक÷सांस्कृतिक सम्पदाहरु हुन् ।
३.१ जनसंख्या वितरणको अवस्था
राष्ट्रिय जनगणना २०६८ अनुसार नगर पालिकाको जनसंख्या ४५७९२ रहेको छ । जनगणना २०६८ र हालको सर्वेक्षण अनुसार जनसंख्याको अवस्थालाई वडागत विवरण देहाय बमोजिम रहेको छ ।
३.२ जनघनत्वको अवस्था
नगर पालिकाको कूल क्षेत्रफल १८३.९२ वर्ग कि.मि. र जनसंख्या ४५७९२ रहेको छ । नगर पालिकाको जनघनत्व २४८.८९ जना प्रति वर्ग किमि रहेको छ ।
३.४ मातृभाषाको आधारमा जनसंख्या विवरण
घरपरिवार सर्वेक्षण २०७५ अनुसार यस नगर पालिकामा बोलिने भाषा प्रमुख रुपमा नेपाली नै रहेको छ । घरपरिवार एवं छरछिमेकमा सम्वादका लागि अन्य भाषिकाहरुको पनि प्रचलन त देखिन्छ तथापि नेपाली भाषीको संख्या लगभग सतप्रतिशत रहेको देखिन्छ ।
३.५ धर्म अनुसार घरपरिवार विवरण
घरपरिवार सर्वेक्षण २०७५ अनुसार धार्मिक हिसाबले नगर पालिका भित्र हिन्दु धर्म मान्नेहरुको घरपरिवार ९७.५८ प्रतिशत रहेका छन् । बाँकी बौद्ध, मुश्लिम र ईस्लाम धर्म मान्नेहरुको जनसंख्या रहेको देखिन्छ । थप जानकारी….