गण्डकी प्रदेशमा पर्ने ११ वटा जिल्लामध्ये गण्डकी अञ्चलको दक्षिण–पूर्वी भेगमा पर्ने प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधता तथा मनोरम दृश्यले भरिपूर्ण तनहुं जिल्ला नेपालको मध्य पहाडी भागमा पर्दछ । यहां विविध भेषभूषाका जातजाती एवं विभिन्न कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरुका तपोकेन्द्रहरु सुसज्जित छन भने नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म÷कर्मभूमि, महर्षि पराशरको तपोभूमि तथा महाभारत महाकाव्यका रचयिता महर्षि वेदव्यासको जन्म/कर्मभूमिको जिल्लाको रुपमा परिचित छ ।

जिल्लाको नामांकरणको दृष्टिले तत्कालीन तनहुँ राज्यको राजधानी तनहुँसुर आसपासका कतिपय गाउँका नामहरुः मानहुँ, किहुँ, काहुँ आदिको अन्त्यमा  “हुँ” अक्षर भएको र तनहुँसुर आसपासका एकैखालका तीनवटा चुचुराहरुलाई त्रितुङ्क (संस्कृतः त्रि = तीन र तुुङ्ग = चुचुरा) नामकरण भई त्यसैको प्रभावले “तनहुँ” भएको मानिन्छ । यसैगरि तनहुँसुरमा सानो चिउँडो भएका तनुहनु (संस्कृतः तनु = सानो र हनु = चिउँडो) नाम गरेका ऋषिले तपस्या गरेकाले सो शब्दको अपभ्रंश भएर “तनहुँ” रहेको भन्ने भनाई पनि छ भने अर्कोतर्फ विगतमा ढुंगा फ्याँकी टाढा पु¥याउने प्रतिस्पर्धामा विजयी हुने व्यक्ति राजा बन्ने परम्परा रहेको र तनहुँसुरको आसपासका तीनवटा चुचुराहरुमा ढुंगा फ्याकेर सबैभन्दा टाढा पु¥याउनेले मगरभाषामा “टाहान्हुङ्ग सुंर” ( यसको अर्थ टाहान्हुङ्ग = ढुंगा पुग्यो ? सुंर = अरु कसैको ?) भन्दै उक्त डाँडाको नाम टाहान्हुङ्गसुंरबाट तनहुँसुर भई जिल्लाको नाम नै तनहुँ रहन गएको भनाई रहेको पाईन्छ ।

नेपालको एकिकरण पूर्व यो राज्य वि.स. १६१० देखि १८३९ सम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्दसेनका वंशज ९ जना सेनवंशी राजाहरुद्धारा शासन गरेका, जमिन, धन र जनशक्तिमा सम्पन्न रहि वर्तमान तनहुँ र चितवनका अतिरिक्त भारतको विहारको पश्चिम चम्पारन जिल्लाको रामनगर तथा वेतियाको भू–भागसम्म फैलिएको मानिन्छ । यो राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिएको हो । नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला विश्व मानचित्रमा २७०३६ु–२८००५ु उत्तरी अक्षांश र ८३०५७ु–८४०३४ु पूर्वी देशान्तरमा अवस्थित र समुद्र सतहबाट १८७ मि. देखि २,१३४ मि.सम्म फैलिएको छ भने मादी र सेती नदीको संगममा रहेको जिल्लाको सदरमुकाम दमौली बजार समुद्र सतह देखि ३७० मि.को उचाइमा रहेको छ ।


सिमानाः  पूर्वः गोरखा र चितवन जिल्ला पश्चिम ः स्याङ्गजा र कास्की जिल्ला
उत्तर ः कास्की र लमजुङ्ग जिल्ला दक्षिण ः नवलपरासी र पाल्पा जिल्ला
१.३ जिल्लाको क्षेत्रफल ः
यो जिल्लाको कूल क्षेत्रफल १,५६,९०२ हे. (नेपालको कुल भू–भागको १.०५%) रहेको छ । साथै जिल्लाको पूर्व–पश्चिम औषत लम्बाई ६२.५ कि.मि. र उत्तर–दक्षिण औषत चौडाई ४३.७ कि.मि. छ ।
१.४ धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरु
यस जिल्लाको विभिन्न महत्वपूर्ण स्थलहरु मध्ये केही प्रमुख निम्नानुसार छन् ः
क. धार्मिक स्थलहरु ः देवघाट, छाब्दीबाराही, ढोरबाराही, थानी माई थान, शिवपाञ्चायन मन्दिर, अकला मन्दिर, पराशर आश्रम आदि ।
ख. ऐतिहासिक स्थलहरु ः तनहुँसुर दरबार, भानुजन्मस्थल, घाँसीकुवा, मिर्लुङ्गकोट, कोट दरवार आदि ।
ग. सांस्कृतिक स्थलहरु ः वन्दीपुर बजार, ढोरफिर्दी, हिलेखर्क, पुलिमराङ, भिमाद बजार, थप्रेक आदि ।
घ. प्राकृतिक स्थलहरु ः मानुङकोट, छिम्केश्वरी लेक, सिद्ध गुफा, ढुन्डुर सिद्धगुफा, मिलेनियम गुफा, व्यासगुफा आदि
१.५ झरना, नदी, ताल र सिमसार क्षेत्रहरु ः
कालीगण्डकी नदी हिमालयबाट निस्कीएर जिल्लाको दक्षिणी सिमाना भएर बहेको छ भने त्रिशूली र मस्र्याङ्गदी पूर्वी सिमाना भई बहेका,े सेती र मादी नदी जिल्लाको भित्री भाग भएर बहने प्रमुख नदीहरु हुन् । जैविक विविधताको हिसावले यस जिल्लामा धनी क्षेत्रहरु उल्लेख्य मात्रामा नभएतापनि वुल्दीखोला, म्याग्देखोला, लाब्दीखोला, चन्द्रावतीखोला, कलेस्तीखोला, फाउदीखोला, लगायत साना खोलाहरु र सेती, मादी, म¥स्याङ्गदी नदीका किनारमा वनेका सा–साना पोखरीहरु तथा वेंसीमा रहेका पानी मूल र घोलहरु सीमसार क्षेत्रको रुपमा रहेका छन् । जिल्लाका प्रमुख नदी, खोलाहरु तालिका –१ मा उल्लेख गरिएको छ ।
तालिका – १ ः जिल्लाका प्रमुख नदी, खोलाहरु
क्र.सं. खोला÷नदीको नाम लम्वाई (कि.मि.) क्र.सं. खोला÷नदीको नाम लम्वाई (कि.मि.)
१ काली गण्डकी ८० ११ सुरौदी खोला १३
२ मस्र्याङ्गदी नदी ४२ १२ कलेस्ती खोला १०
३ त्रिशुली नदी ३३ १३ गोफा खोला १६
४ सेती नदी ७० १४ ज्याग्दी खोला १३
५ मादी नदी १९ १५ छाब्दी खोला ९
६ पाउदी खोला १० १६ नौविसे खोला ९.५
७ चुँदी खोला २२ १७ धारुङ्ग खोला १०
८ क्याङदी खोला १८ १८ दिउल खोला १०
९ साँगे खोला १८.५ १९ सुकौरा खोला १०
१० म्याग्दे खोला १४ २० फाउदी खोला ८

१.६ भौगोलिक अवस्था
यो जिल्लाको सदरमुकाम दमौली, काठमाण्डौबाट पृथ्वी राजमार्ग हुंदै १५० कि.मी. टाढा दक्षिण पश्चिममा पर्दछ भने भौगोलिक वनावटको दृष्टिले दक्षिण तर्फ चुरे (देवघाट गाउंपालिकाका केही भाग) ५६२.३ हे. र उत्तरतर्फ मध्यपहाडी भाग १,५४,०३७.७ हे. मिली बनेको छ । यसको पूर्व पश्चिम औषत लम्वाई ६२.५ कि.मी. छ भने उत्तर दक्षिणको औषत चौडाई ४३.७ कि.मी. छ ।ल संघिय संरचना अनुसार यस जिल्लालाई ४ वटा नगपिालिका र ६ वटा गाउपालिका गरि १० वटा स्थानीय तहमा विभाजन गरिएको छ । जसमा व्यास, शुक्लागण्डकी, भिमाद र भानु नगरपालिका हुन् भने रिसिङ्ग, घिरिङ्ग, म्याग्दे, आँवु, बन्दिपुर र देवघाट गाऊँपालिकाको रुपमा कायम गरिएको छ । भौगोलिक हिसावले यहां तीन किसिमको भू–भागहरु पाईन्छ ।
ड्ड उष्ण प्रदेश (१,००० मि. उचाई सम्मका भू–भागहरु)
ड्ड उपोष्ण प्रदेश (१,००० मी. देखि १,७०० मि. उचाई सम्मका भू–भागहरु)
ड्ड तल्लो शितोष्ण (१,७००–२,३२५ मि.उचाई सम्मका भू–भागहरु)

१.६.१ क्षेत्रफल र उचाई

समुद्र सतहबाट १८७ मि.(देवघाट) देखि २३२५ मि.(छिम्केश्वरी लेक) सम्मको उचाईसम्म फैलिएर रहेको यो जिल्लाको कुल क्षेत्रफल १,५६,९०२ रहेको छ ।
१.६.२ जियोलोजी, खनिज, चट्टान र माटो
यो जिल्ला महाभारत र मध्य पहाडसम्म फैलिएकोले यहां पाईने विभिन्न प्रकारका खनिज पदार्थहरु निम्न प्रकारका छन्
खनिजको किसिम पाइने स्थान
चुन ढुङ्गा (ीष्mभकतयलभ) डाँडाकोट
तामा (ऋयउउभच) सोनासानी
जस्ता (श्ष्लप) मिनामकोटा, छाब्दी र सांगे
स्लेट ढुङ्गा (कबितभ) क्यामिन, वन्दीपुर, फिरफिरे, ढोरफिर्दी, खैरेनीटार
जिल्लाको कृषि अनुसन्धान शाखा खैरेनीटारको तथ्याङ्क अनुसार यस जिल्ला भित्र खास गरेर अब्बल, दोयम र बलौटे माटो पाईन्छ । धान खेती गर्ने खेतहरुमा अब्बल तथा पाखोमा दोयम, बलौटे माटो पाईन्छ ।
१.६.३ जलवायु, वर्षा, हावापानी र तापक्रम ः
मध्य पहाडी क्षेत्रमा पर्ने यस जिल्लाको तापक्रम अधिकतम ४१ से. र न्यूनतम ५ से. सम्म हुने गरेको छ । यहा उष्ण, उपोष्ण र समशितोष्ण गरि तीन किसिमको हावापानीका क्षेत्रहरु पाईन्छ भने औषत वार्षिक वर्षा २०५८ मि.मि. रहेको र जेष्ठ देखि भाद्रसम्ममा करिब ८० प्रतिशत वर्षा हुने गरेको पाईन्छ ।
ड्ड उष्ण प्रदेशीय हावापानी ः जिल्लाको समुद्र सतहबाट १,००० मि. सम्मका भू–भागहरु, खासगरी दक्षिणी भेगका तल्ला भागहरु र अन्य क्षेत्रहरुका खोंच, बेंसी तथा टारहरुमा यस्तो हावापानी पाईन्छ ।
ड्ड उपोष्ण प्रदेशीय हावापानी ः समुद्र सतहबाट १,०००–१,७०० मि.सम्मका क्षेत्रहरुमा यस्तो हावापानी पाईन्छ ।
ड्ड तल्लो शितोष्ण हावापानी ः समुद्र सतहबाट १,७००–२,३२५ मि.सम्मका भू–भागमा यस्तोे हावापानी पाईन्छ । यस प्रकारको हावापानी भएको क्षेत्र कम मात्रामा छ ।
१.७ जनसंख्या
वि.सं.२०६८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ३,२३,२८८ मध्ये महिला १,७९,८७८ (५५.६४ %) र पुरुष १,४३,४१० (४४.३६ %), कुल परिवार संख्या ७८,३०९ र, करिव ७० % जनसंख्या कृषि पेशामा रहेको पाईन्छ । वसोवासको हिसावले यहांको ग्रामीण क्षेत्रमा ८७ % र शहरी क्षेत्रमा १३% जनसंख्याको बसोवास रहेको छ भने वार्षिक जनससंख्या वृद्धिदर ०.२५ प्रतिशत रहेको छ । मगर समुदायले २६ प्रतिशत हिस्सा ओगेटेको यो जिल्लामा ब्राह्मण, गुरुङ्ग, क्षेत्री, नेवार, कामी, दमाई, सार्की, ठकुरी, कुमाल, मुस्लीम, दरै, भुजेल लगायतका जातजातीहरुको वसोवास छ । जिल्लाको साक्षरता ७१.२७ % रहेकोमा पुरुषको ८०.९१ % र महिलाको ६२.८७ % रहेको पाईन्छ ।
१.८ भू–उपयोगिता
जिल्लाको कूल क्षेत्रफल १,५६,९०२ हे. मध्ये वन क्षेत्र ८२,५४९ हे. रहेको छ । भू–उपयोगको दृष्टिले जिल्लामा वनक्षेत्रले नै वढी भाग ओगटेको पाईन्छ । भू–उपयोगको विवरण तालिका—२ मा उल्लेख गरिएको छ ।
तालिका–२ ः– जिल्लाको भू—उपयोगिताको अवस्था

क्र.सं. भू–उपयोगको विवरण क्षेत्रफल हेक्टर जम्मा क्षेत्रफल (प्रतिशत )
१ कृषि क्षेत्र ७४,३५३ ४७.३९%
२ वन क्षेत्र ८२,५४९ ५२.६१%
जम्मा १,५६,९०२ १००%

१.८.१ स्थानीय तह अनुसार वन क्षेत्रको विवरण
यस जिल्लाको वन क्षेत्र संघिय संरचना अनुसार स्थानीय तहमा निम्न अनुसार तल तालिका ३ मा देखाईएको छ ।
तालिका नं. ३

स्थानिय तहको नाम कुल क्षे.फ. (वर्ग कि.मि.) वनको क्षे.फ. (वर्ग कि.मि.) वन क्षेत्रको % कैफियत
आँवुखैरेनी गाउँपालिका १२७.७२ ७७.४९ ६०.६७
बन्दिपुर गाँउपालिका १०१.३४ ४६.४८ ४५.८६
भानु नगरपालिका १८३.९२ ६९.१५ ३७.५८
भिमाद नगरपालिका १२९.१० ५८.०९ ४५.००
व्यास नगरपालिका २४७.२८ १२४.८० ५०.०५
देवघाट गाउँपालिका १५९.१३ ११६.८४ ७३.४२
घिरिङ्ग गाउँपालिका १२६.१६ ६४.०५ ५०.७८
शुक्लागण्डकी नगरपालिका १६४.५१ ८७.११ ५२.९५
ऋषिङ्ग गाउँपालकिा २१४.६९ १२३.२५ ५७.४१
म्याग्दे गाउँपालिका ११५.१७ ५८.२३ ५०.५६
जम्मा १५६९.०२ ८२५.४९ ५२.६१
श्रोतः म्भउबचतmभलत या ायचभकत च्भकभबचअज बलम क्गचखभथ

१.८.२ स्थानीय तह अनुसार हस्तान्तरित सामुदायिक, कबुलियती र धार्मिक वन तथा नीजि वनहरुको विवरणः
तालिका नं. ४ संख्या वटामा र क्षेत्रफल हे.मा
सि.नं. स्थानिय तहको नाम सामुदायिक वन कबुलियती वन धार्मिक वन वाँकी रा.व. क्षेत्रफल कै
संख्या क्षेत्रफल संख्या संख्या क्षेत्रफल क्षेत्रफल
१ आँवुखैरेनी गाउँपालिका ३५ ४१४९.२८ ५७ २४०.६१ ० ० ३३५९.११
२ बन्दिपुर गाँउपालिका ३७ ३५५१.५२ ४४ १५४.२० २ ७.७ ९३४.५८
३ भानु नगरपालिका ९५ ५४५७.०७ ७२ २५४.२१ १ ०.७२ १२०३.००
४ भिमाद नगरपालिका ४७ १९९०.०७ १८ ७७.७६ ० ० ३७४१.१७
५ व्यास नगरपालिका १०७ ९१६३.४८ ८४ २८३.१३ १ ४.४७ ३०२८.९२
६ देवघाट गाउँपालिका ३९ ५६४७.०२ ४७ २५०.९४ २ ४.४७ ५७८१.५७
७ घिरिङ्ग गाउँपालिका ४७ ३७५३.२५ ० ० ० ० २६५१.७५
८ शुक्लागण्डकी नगरपालिका ८९ ५८६३.०० ३३ १०६.३६ ० ० २७४१.६४
९ ऋषिङ्ग गाउँपालकिा ६५ ८०२४.९६ ९३ ५१७.९० ० ० ३७८२.१४
१० म्याग्दे गाउँपालिका ५५ ४१८३.४३ ३७ १६८.४५ ० ० १४७१.१२
जम्मा ६१६ ५१७८३.०८ ४८५ २०५३.५६ ६ १७.३६ २८६९५.००
निजी वन दर्ता संख्या ८४ वटा र क्षेत्रफल ४६.५६ हे.
श्रोतः जि.व.का. तनहुँको रेकर्ड अनुसार