परिचय

गण्डकी प्रदेशमा पर्ने ११ वटा जिल्लामध्ये गण्डकी अञ्चलको दक्षिण–पूर्वी भेगमा पर्ने प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधता तथा मनोरम दृश्यले भरिपूर्ण तनहुं जिल्ला नेपालको मध्य पहाडी भागमा पर्दछ । यहां विविध भेषभूषाका जातजाती एवं विभिन्न कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरुका तपोकेन्द्रहरु सुसज्जित छन भने नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म÷कर्मभूमि, महर्षि पराशरको तपोभूमि तथा महाभारत महाकाव्यका रचयिता महर्षि वेदव्यासको जन्म÷कर्मभूमिको जिल्लाको रुपमा परिचित छ ।

जिल्लाको नामांकरणको दृष्टिले तत्कालीन तनहुँ राज्यको राजधानी तनहुँसुर आसपासका कतिपय गाउँका नामहरुः मानहुँ, किहुँ, काहुँ आदिको अन्त्यमा  “हुँ” अक्षर भएको र तनहुँसुर आसपासका एकैखालका तीनवटा चुचुराहरुलाई त्रितुङ्क (संस्कृतः त्रि = तीन र तुुङ्ग = चुचुरा) नामकरण भई त्यसैको प्रभावले “तनहुँ” भएको मानिन्छ । यसैगरि तनहुँसुरमा सानो चिउँडो भएका तनुहनु (संस्कृतः तनु = सानो र हनु = चिउँडो) नाम गरेका ऋषिले तपस्या गरेकाले सो शब्दको अपभ्रंश भएर “तनहुँ” रहेको भन्ने भनाई पनि छ भने अर्कोतर्फ विगतमा ढुंगा फ्याँकी टाढा पु¥याउने प्रतिस्पर्धामा विजयी हुने व्यक्ति राजा बन्ने परम्परा रहेको र तनहुँसुरको आसपासका तीनवटा चुचुराहरुमा ढुंगा फ्याकेर सबैभन्दा टाढा पु¥याउनेले मगरभाषामा “टाहान्हुङ्ग सुंर” ( यसको अर्थ टाहान्हुङ्ग = ढुंगा पुग्यो ? सुंर = अरु कसैको ?) भन्दै उक्त डाँडाको नाम टाहान्हुङ्गसुंरबाट तनहुँसुर भई जिल्लाको नाम नै तनहुँ रहन गएको भनाई रहेको पाईन्छ ।

नेपालको एकिकरण पूर्व यो राज्य वि.स. १६१० देखि १८३९ सम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्दसेनका वंशज ९ जना सेनवंशी राजाहरुद्धारा शासन गरेका, जमिन, धन र जनशक्तिमा सम्पन्न रहि वर्तमान तनहुँ र चितवनका अतिरिक्त भारतको विहारको पश्चिम चम्पारन जिल्लाको रामनगर तथा वेतियाको भू–भागसम्म फैलिएको मानिन्छ । यो राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिएको हो । नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला विश्व मानचित्रमा २७०३६ु–२८००५ु उत्तरी अक्षांश र ८३०५७ु–८४०३४ु पूर्वी देशान्तरमा अवस्थित र समुद्र सतहबाट १८७ मि. देखि २,१३४ मि.सम्म फैलिएको छ भने मादी र सेती नदीको संगममा रहेको जिल्लाको सदरमुकाम दमौली बजार समुद्र सतह देखि ३७० मि.को उचाइमा रहेको छ ।

Read More …..